मकवानपुर । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई पार्टीको हितविपरित काम गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। बागमती प्रदेशसभा सदस्य तथा मकवानपुरकी अध्यक्ष सिग्देललाई आफ्नै नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पार्टीको झण्डाको दुरुपयोग गर्दै गुटगत गतिविधि गरेकोलगायतकाे आराेप लगाउँदै स्पष्टीकरण सोधिएको हो।
सिग्देललाई नेपाल कम्युनिष्ट पार्टी एमालेको बिधान २०४९ (संसोधन सहित) को दफा ४९ विपरित पार्टीको बैधानीक ब्यबस्था र कार्यक्रमको बिरुद्धमा सार्बजनिक क्रियाकलाप, पार्टी संपत्ति आर्थिक हिनामिना र पार्टी नेतृत्वको केन्द्रिय सरकार र आफुसमेत प्रतिनिधित्ब रहेको प्रदेश संसदमा प्रदेश सरकारविरुद्धकाे क्रियाकलाहरुमा नेतृत्व, अगुवाई, समर्थन, सहयोग तथा परिचालन समेत गरेकाे भनी स्पष्टिकरण साेधिएकाे छ ।
तत्कालिन नेकपा एमाले एकिकरण पहिलेनै एमाले मकवानपुरमा विजयी अध्यक्ष सिग्देललाई नेकपा एमाले ओली पक्षका मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले स्पष्टिकरण साेधेका हुन । एमाले र माओवादी एकीकरण भइ बनेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे समेत सिग्देल जिल्ला अध्यक्ष हुन् । नेकपा विवादमा सर्वाेच्य अदालतले पूर्ववत रूपमा नेकपा एमाले र नेकपा माअओवादी केन्द्र व्युताइदिए पछी नेकपा एमालेमा केपी शर्मा ओली र माधव नेपाल समूह सतहमा देखिएकाे हाे ।
नेकपा माधव नेपाल समूहले देशव्यापी रूपमा समानान्तर कमिटि समेत गठन गर्दै आएकाे छ । त्यस क्रममा अाेली पक्षले नेपाल समूहलाई समानान्त कमिटि गठन गरेकाे, पार्टी हित विपरित कार्य गरेकाे भन्दै चेतावनी र स्पष्टिकरण दिदै आएका छन् । यसै क्रममा नेकपा एमाले मकवानपुरकाे अाेली पक्षिय अध्यक्ष श्रेष्ठले गत बैशाख २ गतेकाे मितिमा अध्यक्ष सिग्देललाई स्पष्टिकरण साेधेकाे हुन ।
स्पष्टिकरण पत्रमा भनिएकाे छ, ‘तपाई (मुनु सिग्देल) लाई साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोपको, तत्कालिन पार्टी कमिटीमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी अनधिकृत अरोप पत्र पत्रपत्रिकामा वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’
त्यस्तै, पत्रमा एमाले पार्टी अध्यक्ष र महासचिवद्वारा २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी पटक पटक कथित पार्टी जिल्ला भेला गर्न अग्रसरता लिएको, जिल्ला पार्टी कमिटी तथा भातृ संगठनहरुको कथित विभिन्न भेलाहरु गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन गरेको भन्दै सिग्देललाई स्पष्टिकरणमा प्रश्न साेधिएकाे छ।
‘साविक नेकपा एमाले पार्टीको नाममा कृषि विकास बैंक हेटौँडा शाखा मेनरोडमा रहेको खाता नम्बर ०५०८५००१२९६६५०१५ को कुल नौ लाख ३५ हजार रकम मिति २०७८ पुस ७ गते झिकी तपाई समेतले पार्टी कामबाहेक आफू खुसी खर्च गरी पार्टीको सम्पत्ति हिनामिना गरेकोमा सो कार्य उपर तपाईले पार्टीको सम्पत्ति अनधिकृत दुरुपयोग किन गर्नु भएको हो?’ स्पष्टिकरण पत्रमा भनिएको छ।
यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई अनुशासनको कारबाही गर्नु पर्ने तर्फ सचेत गराउदै उप्रान्त यस्ता गतिबिधि रोकी यो पत्र प्राप्त भएको मितिले ३ दिन भित्र अफ्नो ब्यहोरा उल्लेख गरी स्पष्टिकरण पेश गर्नुहोला । पत्रमा भनिएकाे छ ।
आधिकारिक अध्यक्ष म नै हुँ : सिग्देल
एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफू नै पार्टीको आधिकारिक अध्यक्ष भएको दावी गरेकी छिन्। पार्टीको हित विपरित काम गरेको भन्दै एमालेका ओली पक्षका अध्यक्ष एकलाल श्रेष्ठले पठाएको स्पष्टीकरण पत्र पनि हालसम्म सिग्देलले बुझेकी छैनन्।
श्रेष्ठको हस्ताक्षर सहितको पत्रमा सिग्देललाई स्पष्टीकरणको माग गरिएको छ। सो सम्बन्धमा सिग्देलले आफू नै आधिकारिक जिल्ला अध्यक्ष भएको कारणले कसैको पत्र नबुझ्ने प्रतिक्रिया दिइन्।
२०७२ सालमा नेकपा एमालेबाट उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्। केही समयअघि तत्कालिन नेकपामा फाटो आएपछि विभिन्न नेताका गुट-गुट छुट्एिका थिए। नेकपामा सिग्देल अध्यक्ष थिइन् भने श्रेष्ठ सचिव थिए।
कुनै हालतमा छाड्नेवाला छैन : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभा सदस्य मुनु सिग्देलले आफूलाई एमाले भन्ने तर एमालेकै नाममा अर्कै कमिटी गठन गर्दै हिँडेको भन्दै कुनै पनि हालतमा नछाड्ने बताए।
त्यस्तै, नेकपा एमाले मकवानपुरका केपी ओली पक्षका अध्यक्ष एकलाल श्रेष्ठले एकपटक सम्झाउने नमानेमा कारबाही गरिने बताए । अब कुनै पनि मामलामा दया माया नहुने भन्दै श्रेष्ठले अबको समयमा पार्टी सुदृढीकरण मात्रै नभई शुद्धिकरण पनि हुने बताए।
हेर्नुहाेस स्पष्टिकरण
२०७८।०१।०२
क.मुनु सिग्देल
नेपाल कम्युनिष्ट पार्टी एमाले ।
विषय:– स्पष्टीकरण पेश गर्नुहुन ।
तपाई, नेपाल कम्युनिष्ट पार्टी एमालेको बिधान २०४९ (संसोधन सहित) को दफा ४९ विपरित पार्टीको बैधानीक ब्यबस्था र कार्यक्रमको बिरुद्धमा सार्बजनिक क्रियाकलाप, पार्टी संपत्ति आर्थिक हिनामिना गरी र पार्टी नेतृत्वको केन्द्रिय सरकार र अफुसमेत प्रतिनिधित्ब रहेको प्रदेश संसदमा प्रदेश सरकारविरुद्ध देहाय बमोजिमका क्रियाकलाहरुमा नेतृत्व, अगुवाई, समर्थन, सहयोग तथा परिचालन समेत के कति कारणले गर्नु भएको हो ?
१. तपाईलाई साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोपको, तत्कालिन पार्टी कमिटीमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी अनधिकृत अरोप पत्र पत्रपत्रिकामा वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?
२. तपाईले आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध तथ्यहिन आरोपहरुको निरन्तर सार्बजनिक वकालत गर्दैे भ्रम सृजना गर्ने गरी संचार माध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै नेतृत्वको बागमती प्रदेश सरकारका विरुद्ध आफ्नो दलको नेता एवं मुख्य मन्त्रिलाई थाहै नदिई अविश्वासको प्रस्ताव पेश गरेको, प्रदेश सभाका कतिपय माननीय सदस्यहरुलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरीे प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन कामको अगुवाइ किन गर्नुभयो ।
३. नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पार्टी अध्यक्ष र महासचिवद्धारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी पटक पटक कथित पार्टि जिल्ला भेला गर्न अग्रसरता लिएको, जिल्ला पार्टी कमिटी तथा भातृ संगठनहरुको कथित विभिन्न भेलाहरु गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन गर्नुभएको हो ?
४. सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बिधिवत पार्टी कमिटी संचालनमा सहभागि हुनुको साटो पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी÷गराई कथित रुपमा कमिटिमा पदाधिकारी हेरफेर गर्ने, भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी गतिबिधि गर्नु र गराउनुको कारण के हो ?
५. साविक नेकपा एमाले पार्टीको नाममा कृषि विकास बैंक हेटौंडा शाखा मेनरोडमा रहेको खाता नं. ०५०८५००१२९६६५०१५ को कुल ९,३५,०००।– (अक्षरुपी नौ लाख पैंतिस हजार) रकम मिती २०७७ पौष ७ गते झिकि तपाई समेतले पार्टी काम वाहेक आफु खुसी खर्च गरी पार्टीको सम्पत्ति हिनामिना गरेकोमा सो कार्य उपर तपाईले पार्टीको सम्पत्ति अनधिकृत दुरुपयोग किन गर्नु भएको हो ?
६. माथि उल्लेखित क्रियाकलापहरुका साथै तपाईले पार्टी हित विपरित पार्टीको बैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरित गुटबन्दी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्वार उल्लघन गरेको, पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयम् पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरि निरन्तर विभिन्न क्रियाकलापहरु संचालन गरे÷ गराएको पार्टी कमिटीको गोपनियता भंग गरे÷ गराएको, पार्टीद्धारा संचालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षसँग साँठगाँठ गरे÷ गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरित विभिन्न कार्यहरु निरन्तर गरिरहेको÷गराईरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको÷ उक्साएको, अवाञ्छित तत्व सँग साँठगाँठ गरी पार्टी हीत विपरित काम गरे÷ गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लघन गरे÷ गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी÷ गराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरुद्ध पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेका र गर्नुपर्ने कार्यलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरे÷ गराएको देखिएकोल त्यस्ता विभिन्न क्रियाकलापहरु के–कति कारणले निरन्तर गर्नु÷ गराउनु भएको हो ?
माथी उल्लिखित बिषयहरुमा तपाईले मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौ बैठकको निर्णय बमोजिम जारी अन्तर पार्टि निर्देशन – ९ तथा पार्टी विधानको धारा ४९(क) को १, २, ३, ४, ५, ७, ९, १०, १२ र १४ बिपरितको कार्य उपर यो स्पष्टिकरण पत्र लेख्ने कार्य भएको छ । यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई अनुशासनको कारबाही गर्नु पर्ने तर्फ सचेत गराउदै उप्रान्त यस्ता गतिबिधि रोकी यो पत्र प्राप्त भएको मितिले ३ दिन भित्र अफ्नो ब्यहोरा उल्लेख गरी स्पष्टिकरण पेश गर्नुहोला ।
अध्यक्ष
एकलाल श्रेष्ठ