मकवानपुर । पछिल्लाे २४ घण्टामा नेपालमा थप ८ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ
५ हजार ३ सय ३३ जनाकाे पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ७ सय ६८ जना र ६ सय ७१ जनाकाे एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ७५ जना गरी कुल ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे ।
मन्त्रालयका अनुसार बितेकाे २४ घण्टामा २ सय २६ जना काराेना संक्रमण निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । याे सँगै काेराेना निको हुनेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सरकारलाइ सिफारिस गर्ने र अन्य स्थानको हकमा प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने गरी निर्णय गरेको छ ।