मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागूऔषध गाँजासहित३ जनालाई नियन्त्रणमा लिएको छ । हेटाैडा उपमहानगरपालिका ११ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित हेटौंँडा उपमहानगरपालिका ११ का ४० वर्षीय चतुरमान मोक्तान, राक्सिराङ गाउँपालिका १ का ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मायाँ तामाङलाई नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङका प्रहरी सहायक निरीक्षक सुबोध ठाकुर मैथिलको कमाण्डमा खटिएको प्रहरी चेकीङ टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । बैशाख १ गते बुधबार उक्त सडकखण्डमा ना १ ह ९०९९ नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई ल्याएको २ वटा पोकामा २३ किलो गाँजा फेला सहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
अटो चालक हेटौँडाका मोक्तान, अटोमा सवार राक्सिराङकी तामाङद्वयलाई गाँजा सहित नियन्त्रणमा लिइ आज बिहिबार जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
जवरजस्ती करणी गर्ने १ जना पक्राउ
यसैगरी प्रहरीले जवरजस्ती करणी गरेकाे आराेपमा बुधबार १ जनालाइ पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरीले पर्सा बिरगंज महानगरपालीका २३ घर भई मकवानपुर हेटाैडा उपमहानगरपालिका ६ डेरा गरी बस्ने बर्ष २१ को बिशाल पासवान करणी गरेकाे आराेपमा प्रक्राउ गरेकाे हाे ।
बैशाख १ गते बुधबार राती २२:३० बजेको समयमा हेटाैडा ६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक जना नावालिकालाई सामुहिक करणी भएको भन्ने सूचनाकाे आधारमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक समेतको टोली खटिई गई घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटना सामुहिक करणी नभई निज केटीको केटासाथी पासवानबाट भएकाे पाइएकाेले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी मकवानपुरले जनाएकाे छ।