मकवानपुर । २०७७ साल चैत ११ गते सरकारले काेराेना भाइरस जाेखिमकाे कारण गरेकाे लकडाउनकाे विभिन्न समयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका मकवानपुरका ७ जना पत्रकारलाई बिमा रकम हस्तातरण गरिएको छ ।
बुधबार नयाँ वर्ष २०७८ सालको अवसरमा आयोजित एक कार्यक्रबीच कोरोना संक्रमित भएका ७ जना पत्रकारहरु हरि हुमागाई, राजन दाहाल (खुशराज), गणेश दर्पण अधिकारी, जिबराज बखरेल, सहनशिला ढकाल, सुजन बिडारी र अनिष लुइटेल लाई एक लाख रुपैयाँ बिमा रकमको चेक हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष नानीमाया कार्की (सम्झना), नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम र अग्रह पत्रकार कौशल पाण्डेले संयुक्त रुपमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्ष हरि हुमागाई, राममणि दाहाल, पत्रकार महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी विश्वकर्मा, प्रेस चौतारी बागमती प्रदेशका संयोजक प्रकाश दाहाल र बागमती प्रदेश नेपाल पत्रकार महासंघका सल्लाहकार गिरिजा अधिकारीले मनतव्य व्यक्त गरेका थिए ।
साथै, सो कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बिमा बापत पाएको रकमबाट १० हजार रुपैया पत्रकार पेन्सन कोषमा सहयोग गरेका छन । उनले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।