मकवानपुर । गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा भानु मिनि पिचमा जारी तेश्रो संस्करणको मकवानपुरगढी फुट्सल प्रतियोगिताको नकआउट चरणका खेल आज मंगलबारबाट सुरू हुँदैछ । चैत ३० गते फुट्सल अन्तरगत समुह चरणका खेल सकिए सँगै नकआउट चरकाे खेल सुरू हुने भएकाे हाे ।
१५ टिमले भाग लिएको फुटसल प्रतियाेगितामा ८ टिम दोस्रो चरण नकअाउटका लागि छानिएका छन् । ७ टिमको यात्रा समुह चरणबाटै सकिएको छ ।
समुह ए बाट प्रतिभा युवा क्लब बी र कालिखोला एफसी, समुह बी बाट गढी स्टार स्पोर्टस् क्लब र सयपत्री फुटबल क्लब, समुह सि बाट सौजन्य युवा क्लब ए र मकवानपुरगढी–५, समुह डि बाट प्रतिभा युवा क्लब र सौजन्य युवा क्लब बि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै प्रतियोगितामा समुह चरणबाट बाहिरिएका टाेलीमा समुह ए मकवानपुरगढी गाउँपालिका र युटिसी गुम्बा, समुह बी बाट नेस्तकला टिम, समुह सि बाट युवक क्लब र स्पोर्टस समुह, पिवाईसी भेट्रान्स र नागरिक सचेतक रहेका छन् ।
प्रतियोगिताको बिजेता हुने टोलीले ट्रफिसहित नगद ५० हजार र उपबिजेता हुने टोलीले नगद २५ हजार प्राप्त गर्नेछन् । मकवानपुरगढी गाउँपालिकाका १५ वटा टोलीको सहभागिता रहेको छ ।मकवानपुरगढी गाउँपालिकाकाे प्रायोजक रहेकाे प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाका मात्रै खेलाडीले सहभागिता जनाएका छन् ।