मकवानपुर । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्धमा माविले जितेको छ । बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो ।
यस्तै बकैयाकै महेन्द्र माविले ४ स्वर्ण,४ रजत र ३ कास्य पदक सहित दोस्रो र थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन । २०७४ साल र २०७५ साल दुवै बर्ष लगातार जनक माविले शिल्ड लगेको थियाे ।
जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो । प्रतियोगितामा भलिवल,कव्वडी,एथलेटिक्स, कराते ,तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।