मकवानपुर । पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिता–२०७७ काे उपाधी पिप्ले युवा क्लब हेटौंडाले जीतेकाे छ । चैत ३० गते भएकाे फाइनलमा आयाेजक बागमती युवा क्लबलाइ सडनडेथमा ५–४ गाेल अन्तरले हराउँदै उपाधीमा कब्जा जमाएकाे हाे ।
प्रतियोगिताको विजेता बन्दै पिप्लेले १० लाख १ हजार नगर, प्रमाण पत्र शिल्ड प्राप्त गरेकाे छ । आयाेजक बागमतीले उपविजेतामा चित्त बुझाउँदै ५ लाख ५ सय नगद प्रमाण पत्र प्राप्त गरेकाे छ ।
निकै प्रतिस्पर्धात्मक भएकाे खेलकाे पहिलाे हाफमा दुबै टाेलीबाट २ –२ गाेल भएकाे थियाे । खेलकाे दाेस्राे हाफकाे अन्तिम समयमा बागमतीले १ गाेल गर्दै खेलमा अग्रता लिएकाे थियाे । दाेस्राे हाफकाे इन्जुरी समयमा पिप्लेकाे तर्फबाट जवाफी गाेल प्रहार भए पछी खेल टाइबेकरमा धकेलिएकाे थियो । टाइबेकरमा समेत अंक बराबरी भएपछि सडेन डेथमा पिप्ले बिजयी भएकाे हाे ।
पिप्ले युवा क्लब हेटौंडाका समिराज थोकरले खेलको ५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । आयोजकका स्टेफनले ११ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, स्टेफनले १६औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाए । पिप्लेका ग्लोरीले खेलको २६औँ मिनेटमा गोल गोल गर्दै बराबरीमा फर्काए । आयोजकका रित्तिक खड्काले खेलको ८९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि हेटौंडाका ग्लोरीले इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा फर्किएकाे थियाे ।
फाइनल खेलमा म्यान अफ द म्याच पिप्ले युवा क्लव जर्सी नं. १९ नं.का ग्लाेरी भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको बिधागत तर्फ पिप्ले हेटौंडाका प्रशिक्षक सुविन घिमिरे उत्कृष्ट प्रशिक्षक, हेटौंडाकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्ड, आयोजक बागमतीका गोलरक्षक अरुण ब्लोन उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता आयोजककै स्टेफन घोषित भएका थिए । उनीहरुले जनही २०–२० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका कप्तान विजय घलान घोषित भए । उनले नगद ५१ हजार हातपारेका छन् । राइजिङ प्लेयर आयोजकका गोलरक्षक अरुण ब्लोन घोषित भए । उनले एक थान पल्सर मोटरसाइकल जित्न सफल भए ।
बागमती नगरपालिका सर्लाही र बागमती युवा क्लबकाे आयाेजनामा चैत २१ गते शनिबारबाट सुरू भएकाे प्रतियाेगितामा पिप्ले युवा क्लब अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई २–१ गाेल अन्तरले हराउँदै फाइनल प्रवेश गरेकाे हाे । त्यस्तै शसस्त्र प्रहरीकाे एपीएफ क्लबलाइ ४–० गाेल अन्तरले पराजीत गर्दै आयाेजक बागमती युवा क्लब फाइनल प्रवेश गरेकाे थियाे ।
पछिल्लो समय पिप्ले युवा क्लबले खेलकुदकाे गतिविधीबाट मकवानपुर जिल्लाकाे चिनारी गराउन र खेलकुद क्षेत्रको विकासमा आक्रामक ढङ्गले गतिविधि गर्दै आएको छ । मोफसलकै प्रतिष्ठित राजर्षि जनक कप फुटबल प्रतियगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधी जितेर फुटबलमा आफ्नो बलियो दाबेदारी पनि पेस गरेको छ ।
फाइनल प्रतिस्पर्धामा उपाधि जित्दै मकवानपुरबासी लाई गौरवान्वित बनाएकाे प्रशिक्षक सुविन घिमिरेले बताए । उनले ‘विदेशी र नेपालका चर्चित खेलाडीको समिश्रण रहेको पिप्ले क्लबकाे खेलाडीको मेहेनतका कारण जीत सम्भव भएको बताए ।
प्रतियोगितामा कञ्चनजंघा एफसी सिलगुढी, बागमती युवा क्लब सर्लाही, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन, सेन्ट्रल कलेज बीएफसी चितवन, एपीएफ क्लब, नवजनजागृति युवा क्लब सिमरा, सुदुरपश्चिम ११ र बागमती नगरपालिका सर्लाहीले सहभागिता जनाएका थिए ।