मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर २ जनाकाे मृत्यु भएको छ ।
हेटाैडामा करेन्ट लागेर मृत्यु हुनेमा एक दम्पत्ती रहेका छन् । हेटौंडा-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिनकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालका अनुसार चैत ३० गते साेमबार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।