मकवानपुर । पाँचौ राजहर्षि जनक कप फुटबल प्रतियोगिता–२०७७ मा हेटौंडाको पिप्ले युवा क्लबले आज जीतका फाइनलमा भिड्ने भएका छन् । बागमती नगरपालिका सर्लाही र बागमती युवा क्लबकाे आयाेजनामा चैत २१ गते शनिबारबाट सूरू भएकाे प्रतियाेगितामा पिप्ले युवा क्लब अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई २–१ गाेल अन्तरले हराउँदै फाइनल प्रवेश गरेकाे हाे ।
प्रतियाेगित अन्तरगत चैत २७ गते भएकाे पहिलाे सेमिफाइनल खेलमा क्यामरुनलाई हराउँदै फाइनल प्रवेश गरेकाे पिप्ले युवा क्लब र चैत २८ गते भएकाे दाेस्राे सेमीफाइलन खेलमा शसस्त्र प्रहरीकाे एपीएफ क्लबलाइ ४–० गाेल अन्तरले पराजीत गर्दै फाइनल प्रवेश गरेकाे आयाेजक बागमती युवा क्लबकाे खेल निकै प्रतिस्पर्धात्मक रहने छ ।
प्रतियाेगिताकाे उद्घाटत खेलमा चन्द्रागिरी नगरपालिका काठमाडौंलाई २–० गाेलले हराउँदै पिप्ले क्लब सेमिफाइनल प्रवेश गरेकाे थियाे । पछिल्लो समय पिप्ले युवा क्लबले खेलकुदकाे गतिविधीबाट मकवानपुर जिल्लाकाे चिनारी गराउन र खेलकुद क्षेत्रको विकासमा आक्रामक ढङ्गले गतिविधि गर्दै आएको छ । हाल मोफसल कै प्रतिष्ठित राजर्षि जनक कप फुटबल प्रतियगितामा उत्कृष्ट खेल खेली फाइनल प्रवेश गर्दै आफ्नो बलियो दाबेदारी पनि पेस गरेको छ ।
आज हुने फाइनल प्रतिस्पर्धामा उपाधि जित्दै मकवानपुरबासी लाई गौरवान्वित बनाउने कुरामा आफु विश्वस्त रहेकाे प्रशिक्षक सुविन घिमिरेले बताए । उनले भने ‘विदेशी र नेपालका चर्चित खेलाडीको समिश्रण रहेको पिप्ले टोली उपाधि जित्ने गरी प्रतियोगितामा सहभागी भएको हाे ।’ स्थानीय केही खेलाडीलाई समेत प्रतियोगितामा पिप्लेले सहभागी गराएको छ । घिमिरेले अहिलेसम्म खेलाडीको मेहेनतका कारण जीत सम्भव भएको बताए ।

प्रतियोगितामा कञ्चनजंघा एफसी सिलगुढी, बागमती युवा क्लब सर्लाही, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन, सेन्ट्रल कलेज बीएफसी चितवन, एपीएफ क्लब, नवजनजागृति युवा क्लब सिमरा, सुदुरपश्चिम ११ र बागमती नगरपालिका सर्लाहीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकले नगदसहित ट्रफी प्राप्त गर्नेछ ।