भारतमा हरेक दिन काेराेना संक्रमितकाे संख्या थपिने क्रमले नयाँ रेकर्ड बनाउँदै छ। पछिल्लाे २४ घण्टामा १ लाख ७० हजार संक्रमित थपिए सँगै काेराेना संक्रमितकाे सूचीमा भारत विश्वकाे दाेस्राे स्थानमा पुगेकाे छ । ।
भारतीय स्वास्थ्य मन्त्रालयकाे अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै भारत काेराेना संक्रमण दर बढी हुनेमा दाेस्राे स्थानमा परेकाे रहेकाे छ । ब्राजिललाई पछाडि पार्दै भारत दोस्रो नम्बरमा पुगेको हाे ।
भारतमा संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३ सय ६४ पुगेको छ। पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ३ करोड १९ लाख १८ हजार ५ सय ९१ रहेको छ। त्यस्तै, तेस्रो नम्बरमा रहेको ब्राजिलमा काेाराेना संक्रमित १ करोड ३४ लाख ८२ हजार ५ सय ४३ रहेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनाबाट ९सय ४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार २ सय ९ पुगेको छ। अहिले भारतका १६ राज्य कोरोनाको चपेटामा परेका छन्। उच्च संक्रमण रहेका राज्यमध्ये नेपालसँग जोडिएको उत्तर प्रदेश दोस्रो नम्बरमा रहेको छ। पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा १५ हजार २ सय ७६ संक्रमित थपिएका छन्। पहिलो नम्बरमा रहेको महाराष्ट्रमा ६३ हजार २ सय ९४ संक्रमित पुष्टि भएका छन्।
उच्च संक्रमण रहेका १६ राज्यमा महाराष्ट्र र उत्तर प्रदेशसँगै छत्तिसगढ, कर्नाटक, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात, हरियणा, राजस्तान, पञ्जाब, केरला, तेलंगा, उत्तराखण्ड, आन्द्र प्रदेश र पश्चिम बंगाल रहेका छन्। नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल पनि उच्च संक्रमण रहेका राज्यमा छन्। जसले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।
यी राज्यहरूमा बढीमा १० दिनमा संक्रमितको संख्या दोब्बर भइरहेको छ। संक्रमितको मृत्यु दर पनि पहिलो लहरको भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले भारतमा मृत्युदर १.७ प्रतिशत रहेको छ।
भारतीय संचार माध्यमहरूकाे सहयाेगमा