मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दा र चेक अनादर मुद्दामा फरार रहेकाे ३ जना प्रतिवादी पक्राउ गरेकाे छ । सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटाैडा ८ का ज्ञानेन्द्र देउला र चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटाैडा ८ की पिन्की पाण्डे श्रेष्ठ हेटाैडा १ की भवानी राना तामाङलाई चैत २९ गते पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७३ साल साउन ६ गतेको फैसालाले सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका देउलालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा ८ बाट पक्रउ गरिएकाे मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७४ साल पाैष १३ गतेको फैसालाले चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका श्रेष्टलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा ८ कमानेबाट पक्रउ गरिएकाे प्रवक्ता रिमालले जानकारी दिए । चेक अनादर मुद्दामै मकवानपुर जिल्ला अदालतको २०७६ साल पाैष २७ गतेको फैसालाले जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी तामाङलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा १ बाट पक्रउ गरेकाे हाे ।
सवारी ज्यान मुद्दामा फरार प्रतिवादी देउला र चेक अनादर मुद्दामा फरार प्रतिवादीहरू श्रेष्ठ र तामाङलाइ जरिवाना भुक्तानको लागि सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको प्रवक्ता रिमालले बताए ।
काम मिलाइ दिन्छु भन्दै रकम माग्ने १ जना पक्राउ
यसैगरी मकवनापुर प्रहरीले हेटाैडाबाट प्रहरीसँगकाे काम मिलाइ दिन्छु भनी सर्वसाधारणसँग रकम माग्ने १ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीसँगकाे काम मिलाइ दिन्छु भनी सर्वसाधारणसँग रकम माग्ने हेटाैडा १ का संजाेग लामालाइ चैत २८ गते पक्राउ गरिएकाे प्रवक्ता रिमालले जानकारी दिए ।
लामाले लेखनदासको काम गर्छु, प्रहरीसँग जुन सुकै काम गराईदिन्छु भनि सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासोकाे अाधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको रिमालले बताए ।