मकवानपुर । गत चैत ९ गते मकवानपुरकाे प्रतापपुरबाट पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत सुरु गरिएको गणना चितवन राष्ट्रिय निकुञ्जमा पुगेर सकिए छ ।
नेपालमा एक सिंगे गैँडाको सङ्ख्या ७ सय ५२ पुगेको छ। जसमध्ये चितवनमा मात्रै ६सय ९४ गैँडा रहेका शनिवार नतिजा सार्वजनिक गरिएको हाे । अघिल्लाे गणनाभन्दा यस पटक थप १ सय ७ गैंडा थपिएका छन् ।
यस अघी सन् २०१५ मा गरिएकाे गैँडाको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा एक सिंगे गैँडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैँडा भेटिएका थिए। पर्सा राष्ट्रिय निकुञ्जमा ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा भेटिएका छन्। नेपालमा भेटिएका गैँडाहरू मध्ये १ सय ४६ वटा भाले र १ सय ९८ वटा पोथी रहेका छन्।
वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दीपक खरालको उपस्थितिमा निकुञ्जले गैँडा गणनाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको हो।
चितवन निकुञ्जका अनुसार ४ सय ८ वटाको लिङ्ग पहिचान भएको छैन । यस पटक भेटिएका गैँडामा ५ सय २० वटा वयस्क, ९६ वटा अर्ध वयस्क र १ सय ३६ वटा केटाकेटी रहेका छन् ।