मकवानपुर । बागमती नगरपालिका सर्लाहीकाे आयाेजनामा चैत २१ गते शनिबारबाट सूरू भएकाे पाँचौ राजहर्षि जनक कप फुटबल प्रतियोगिता–२०७७ मा हेटौंडाको पिप्ले युवा क्लब फाइनलमा प्रवेश गरेकाे छ । चैत २७ गतेकाे भएकाे पहिलाे सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई २–१ गाेल अन्तरले हराउँदै पिप्ले फाइनलमा प्रवेश गरकाे हाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पिप्ले युवा क्लबका जर्सी नं. १४ का राजेन्द्र रावलले २ गाेल गरेका थिए । अफ्रिकन रुट्सले खेलकाे अन्तिम समयमा जवाफी १ गाेल फर्काएर खेल २–१ गाेलमा सिमित गरेकाे थियाे । प्रतियाेगिताकाे उद्घाटत खेलमा चन्द्रागिरी नगरपालिका काठमाडौंलाई २–० गाेलले हराउँदै पिप्ले क्लब सेमिफाइनल प्रवेश गरेकाे थियाे । पिप्ले युवा क्लबले चैत २८ गते शनिबार हुने दाेस्राे सेमिफाइनल खेलकाे विजेतासँग फाइनल खेल्नेछ ।

दाेस्राे सेमिफाइनल खेल शशस्त्र प्रहरीकाे एपीएफ क्लब र बागमती नगरपालिकाकाे टिम बीच हुने आयाेजकले जनाएकाे छ । सेमिफाइनलमा क्यामरून विरूद्ध २ गाेल गरेका पिप्ले युवा क्लबका राजेन्द्र रावल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विदेशी र नेपालका चर्चित खेलाडीको समिश्रण रहेको पिप्ले टोली उपाधि जित्ने गरी प्रतियोगितामा सहभागी भएको प्रशिक्षक सुविन घिमिरेले बताए । स्थानीय केही खेलाडीलाई समेत प्रतियोगितामा पिप्लेले सहभागी गराएको छ । घिमिरेले खेलाडीको मेहेनतका कारण जीत सम्भव भएको बताए ।

आगामी चैत्र ३० गते फाइनल खेल हुने प्रतियोगितामा कञ्चनजंघा एफसी सिलगुढी, बागमती युवा क्लब सर्लाही, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन, सेन्ट्रल कलेज बीएफसी चितवन, एपीएफ क्लब, नवजनजागृति युवा क्लब सिमरा, सुदुरपश्चिम ११ र बागमती नगरपालिका सर्लाहीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकले नगदसहित ट्रफी प्राप्त गर्नेछ ।