मकवानपुर । नेपाल पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारी महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएका हुन् । झाले ले ५० मत र भण्डारीले १ सय ७४ मत ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
मनिकाले अध्यक्षका प्रतिस्पर्धीहरु पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् ।
यस्तै कास्कीकी भण्डारी महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् ।