- नीता गुरूङ भाटिय़ा
१.
कहाॅ सम्म साथ जाने हो,थाहा छैन।
के छोड़ी साथ के लाने हो, थाहा छैन।
दुई दिनको जिन्दगीमा मिली-जुली बसौ,
कुन दिन बिछोड़ भै जाने हो, थाहा छैन।
२.
सपनीमा तिम्रो आना-जाना चलिरहेछ।
प्रेमको दीयो मनको कुनामा बलिरहेछ।
यति भए पुग्छ मलाई अरू चाहना गर्दिन,
तिम्रै मनको बोटमा मायाको फल फलिरहेछ ।
३.
हजारौमा एक मात्र छाने तिमीलाई।
परायामा आफ्नो भनि माने तिमीलाई।
भन कि नभन,मान कि नमान मैले भन्ने,
मेरो गन्तब्यको गोरेटो भनि जाने तिमीलाई।
४.
हाॅसो र बोलिले नशा पिलाएर गयौ।
छड़के परि हेर्ने नजर मिलाएर गयौ।
कत्ति भन्दा नि पटक्कै मानेनौ तिमी,
खेल-खेल्मै मनको तार हिलाएर गयौ।
५.
जुधाएर नजर नौलो प्रीत लाँए मैले।
जानि-नजानि मित पनि बनाँए मैले।
चाहॅदैमा कसैलाई आफ्नो कहाॅ हुन्छ र!
बिछोड़ पछी सम्झनामा कति गीत गाँए मैले।
६.
भन्ने कुरा तिम्रा सबै झट्टै मानि दिउॅला
तिर्खा लाग्दा प्यास मेट्न पानी दिउॅला।
कहिले-काॅही एक- अर्काको सामिप्य चाहेमा,
म तिम्रो तिमी मेरो भन्ने नि ठानि दिउॅला ।
७.
तिमी संग भेट्ने आश बनि बसेछु।
लिदै दुई मुट्ठीमा साॅस बनि बसेछु।
बसेछु आशको मिठो जहर पिउॅदै,
दिनै दिन जिउॅदो लाश बनि बसेछु।
८.
कसैको मन दुखाउॅनु राम्रो होईन।
भित्र-भित्रै कुरा लुकाउॅनु राम्रो होईन।
भनिदेऊ के छ तिम्रो मनको डेरामा,
आफन्तलाई ठेस पुराउॅनु राम्रो होईन।
९.
भन्छौ भने तिम्रो लागी जून बनिदिउॅला।
तिमिले गाउॅने गीतको धून बनिदिउॅला।
यति मात्र नभए, बिन्ति गरी भन्यौ भने,
तिम्रो ब्यक्तित्वको असल गुण बनिदिउॅला।
१०.
मात दिने बोतल पनि अनायासै फुटी गयो।
विश्वासको धागों नि अनायासै टुटी गयो।
दुई दिनको जिन्दगीमा के-के भयो के-के,
साथी भन्ने साथ नि अनायासै छुटी गयो।
११.
देखे पछी तिमीलाई लाजले लुक्छु।
जान लाग्छु एउटा ठाउॅ अर्कै ठाउॅ पुग्छु।
किन होला यस्तो भाको बुझ्न सकिएन,
जता देख्छु चोखो माया उतै तिर झुक्छु।
१२.
आफ्नो मुटुमा एक फेर बसाएर त हेर।
रोएको छ मन एक फेर हॅसाएर त हेर।
भरोसा छ मलाई तिम्रो मित्रत्वमा प्रिये,
तिम्रो प्रेमलाई एक फेर दर्शाएर त हेर।
१३.
मेरो लेखाई-जोखाईमा पनि तिम्रै चर्चा हुन्छ।
मेरो हेराई-पर्खाईमा पनि तिम्रै चर्चा हुन्छ ।
अरू के भनुॅ म भनुॅ भने तिमीलाई,
मेरो सोचाई र भनाईमा पनि तिम्रै चर्चा हुन्छ।
गुवाहाटी असम भारत