मकवानपुर । हेटौडा-१८ हर्नामाडीमा बुधवार हर्नामाडी डिप बोरिङ खानेपानी समितिको समितिको भेला सम्पन्न भएको हो । वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको भेलामा समितिका उपभोक्ताले निर्माण कार्य जारी रहेको बताउदै ट्यान्की बनाईएको स्थल र डिप बोरिङ रहेको स्थानमा बजेट उपलब्ध गराउन आग्रह गरेका थिए । उक्त स्थान जोखिम हुन सक्ने भन्दै कम्पाउण्डको लागि बजेट माग गरेको समितिका अध्यक्ष रामकृष्ण बानियाँले जानकारी गराए ।
कार्यक्रममा समितिको आयव्यय समेत प्रस्तुत गरिएको थियो । जसमा आम्दानी ९ लाख १७ हजार र खर्च ८ लाख ८३ हजार रहेको बानियाँले बताए । सुरुवाति चरणमा रहेको कारणले र निर्माण कार्य जारी रहेकोले धेरै बचत गर्न नसकेको बताए ।
कार्यक्रमा नेपालि काङ्रेसका प्रतिनिधि राजेन्द्र बानियाँ, एमालेका ईमान बहादुर थापा, नेकपा माओबादिका जित बहादुर तिमल्सिना र राप्रपाका बालकुमार क्ष्रेष्ठ लगाएत उपभोक्ताहरुको उपस्थिति थियो । समितिबाट सञ्चालन भएकाे खानेपानी हाल १ सय ५५ घरधुरीले प्रयोग गर्दै आईरहेका छ्न् ।