मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दाका फरार प्रतिवादी १ जनालाइ पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतको २०७४ साल जेठ २६ गतेको फैसालाले चेक अनादर मुद्धामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटाैडा १० बस्ने ४० बर्षकी सुविता कुमारी लामालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
लामालाई चैत २५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा १० बाट पक्राउ गरी जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको मकवानपुर प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।