मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्रत्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार मंगलबार १ सय १३ जना कोरोना संक्रमित निकाे भएका छन् । याे सँगै हालसम्म काेराेना निकाे हुनेकाे संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ।
यस्तै मकवानपुरमा एकैदिन थप ५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ जनाको कारोना परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ४ जना र एक जना थाहा नगरपालिकाको रहेका जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । मकवानपुरमा हालसम्म संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण निकाे भईसकेको छ । मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।मकवानपुरमा हाल ९ जना सक्रिय संक्रमित हाेम अाइसाेलेसनमै उपचाररत रहेका छन् ।
यस्तै देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।