मकवानपुर । झलनाथ खनाल–माधव नेपाल समूहले नेकपाकाे बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १ सय ७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको समूहले घाेषणा गरेकाे कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । कमिटीकाे सदस्यहरुमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनीलगायत रहेका छन् ।
कार्यक्रममा घोषणा गरिएकाे १ सय ७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएकाे छ।