मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार प्रतिवादी १ जना पक्राउ गरेकाे छ । अर्घाखाँची जिल्ला अदालतको २०७६ साल फागुन १८ गतेको फैसालाले चेक अनादर गरेकाेमा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटौडा वडा नं. २ बस्ने ४१ बर्षका केदार प्रसाद न्यौपानेलाई पक्राउ गरेकाे हाे ।
साेमबार चैत २३ गते वडा प्रहरी कार्यालय सानोपोखरा हेटाैडाबाट खटिएको टोलीले न्याैपानेलाई हेटौडा २ स्थित बनस्खण्डी चोक बाट पक्रउ गरी जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।