मकवानपुर । देशैभर पुनः डढेलो लाग्न थाले पछी मकवानपुरसहितका ठाउँहरुमा प्रदुषणकाे मात्र बढेकाे छ । तुवाँलो फैलिएने क्रम बढिरहेको र वायुमण्डल स्थिर हुँदा अझै ३ दिनसम्म राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
देशभर अहिले करिब ७ सय जंगलमा डढेलो लागेको छ । जसको असर सोमबारदेखि मौसममा समेत देखिन सुरु भएको हो । हाल पानी पर्ने सम्भावना स्थानीय प्रणाली विकास नहुँदा नरहेकोले वायुमण्डल केही दिन स्थिर रहने विभागले बताएकाे छ ।
वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको बताइएकाे छ ।
केही दिनअघिको वर्षातले वातावरणमा फैलिएकाे प्रदुषण केही सफा भए पनि आइतबारदेखि पुनः प्रदूषणकाे मात्रा बढ्दै उकालो लागेको हो ।
एक्युएआइआरका अनुसार नेपालमा सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई–४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रह्यो । एक्वुआई ५० भन्दा माथि हुनु भनेको क्रमशः नराम्रोको मात्रा बढ्दै जाने हो । सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहेका छ ।
नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् ।
देशका विभिन्न शहरहरुमा ३ देखि ४ किलोमिटरसम्म भिजिब्लिटी हुनसक्ने विभागले बताएको छ । सुदुरपश्चिम, कर्णाली र बागमतीमा हल्का वर्षा हुनसक्ने देखिन्छ बेलुकापख तर, यो वर्षाले तुवाँलो नहट्ने पनि विभागले जनाएकाे छ ।