मकवानपुर । आगामी चैत्र २५ गते हुने पत्रकार महासंघकाे निर्वाचनमा महासंघ मकवानपुर शाखाकाे उम्मेदवारी टुंगाे लागेकाे छ । महासंघ मकवानपुर अध्यक्ष पदमा ४ जनाले उमेदवारी घाेषण गरेकाे भए पनि २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदका लागि बालकृष्ण अधिकारी र मणिराज गौतमले आज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।महासंघ मकवानपुरको उपाध्यक्ष पदको लागि ध्रुबप्रसाद अधिकारी र राजन दाहालले उम्मेदवारी गराएका छन् ।
यस्तै महिला उपाध्यक्षतर्फ सम्झाना रिजाल र सरला अधिकारीले उम्मेदवारी दर्ता गराउँदा सचिव पदमा रामशरण दुलाल र शुभलक्ष्मी विश्वकर्मा र बाघी उम्मेदवार इन्द्रबहादुर (रमेश) बन्जाराले उम्मेदवारी दर्ता गराएका छन् ।
सह–सचिव समावेशी महिलातर्फ मन्दिरा बानियाँ (मानबी) र रुपकराज कालिराज, खुल्लातर्फ कपिल खड्का, देवराज पन्त, यम प्रसाद पौडेल (एपी शर्मा) र राज सापकोटाले उम्मेदवारी दिएका छन् ।कोषाध्यक्ष पदका लागि केशव समर्पण सुबेदी र तिलक अधिकारीले उम्मेदवारी दिएका छन् ।
सदस्य महिलातर्फ प्रतिक्षा न्यौपाने र रुपा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्य दलिततर्फ शान्ति सुनारको मात्र उम्मेदवारी परेकोले उनी निर्विराेध निर्वाचित भइन् । त्यस्तै सदस्य आदीबासी जनजातिमा अजिता नगरकोटी, नवराज वाईबा र सदस्य (मधेशी) आदित्य कर्ण र मनिल महतो, अन्य समावेशीतर्फको सदस्यका लागि भने कसैले पनि उम्मेदवारी परेको छैन ।
खुल्लातर्फको ६ सदस्यका लागि भने १७ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।सदस्य पदका लागि अर्जुन संञ्जेल, अशेष ढुंगाना, उज्ज्वल अधिकारी, जिबराज बख्रेल, दिलबहादुर लामा, नानीमाया सापकोटा (गौतम), प्रदिप अधिकारी, प्रमोद अर्याल, प्रेमकला पौडेल (प्रिया), बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल, श्यामलाल (गणेश) दुलाल, सुमन दाहाल, सुशन लामिछाने, श्रृजना नेपाल र होमनाथ यादव चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् ।
उता प्रदेश परिषद् सदस्य (खुल्ला) कैशल पाण्डे, गणेशदर्पण अधिकारी, छबिलाल श्रेष्ठ, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलामा अन्जली थापा, आरती ढकाल, भावना रिजाल, आदीबासी जनजातितर्फ अमर लामा, अशोक सुजन श्रेष्ठ, रञ्जिता डंगोल, रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियारको मात्रै उम्मेदवारी परेकोले निर्विराेध भएका छन् ।मधेशीतर्फको परिषद सदस्यका लागि भने कसैको पनि उम्मेदवारी परेको छैन । त्यस्तै राष्ट्रिय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य, राजन (खुसराज) दाहाल, रामकुमार एलन, रिपेश दाहाल, महिलामा नानीमैया विष्ट र सरिता दाहाल उम्मेदवारी परेकाे छ । आदीबासी जनजातिमा सुर्वणलाल श्रेष्ठको मात्रै उम्मेदवारी परेकोले निर्विराेध निर्वाचित भएका छन् ।
चैत २५ गते एकै दिन नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला निर्वाचन हुनेछ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १६४ जना पत्रकारहरुले मतदान प्रकृयामा सहभागी हुनेछन् ।