मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम सहित ३ जनालाइ पक्राउ गरेकाे छ ।प्रहरी चौकी चैनपुर राक्सिराङ मकवानपुरबाट खटिएको प्रहरी टोलिले राक्सिराङ ५ स्थित चैनपुरबाट राक्सिराङ ५ का २७ बर्षिय देवेन्द्र तामाङलाइ चैत २२ गते अाइतबार अफिम सहित पक्राउ गरेकाे हाे ।
प्रहरी टाेलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा तामाङले बोकेको झोला चेकजाँच गर्दा लागु औषध अफिम १ किलो ६०० ग्राम फेला परेकाेले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै प्रहरी चौकी चैनपुर राक्सिराङबाट नै खटिएको प्रहरीकाे टोलिले राक्सिराङ ५ स्थित सडकमा कैलाश ४ का ५२ बर्षिय सानकान्छा चेपाङ र ३६ बर्षिय गाेपाल सिं लाेप्चनलाइ अाइतबार लागु औषध गाँजा ७ किलाे ५ सय ग्राम सहित पक्राउ गरेकाे छ ।
कालिकाटारबाट मनहरी तर्फ अाइरहेका ग १ ख ४३३९ नं. को यात्रु वाहक बसलाई रोकी चेपाङ र लोप्चनको झोला चेकजाँच गर्द लागुऔषध गाँजा ७ किलो ५ सय ग्राम फेला परेकाेले निजहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको प्रवक्ता रिमालले बताए ।