मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ३ हजार ४ सय ५६ जनामा गरिएको पीसीआर परिक्षणमा थप १ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाकारी दिएकाे हाे । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।
यस्तै आइतबार थप १ सय १७ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार २ सय ४० पुगेको मन्त्रालयले जनाएकाे छ ।
नेपालमा हालसम्म ३ हजार ३२ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा काेराेनकाे संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।