मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।
नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा निर्वाचन आयोगले राम निर्वाचित भएको जानकारी चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । सांसद सानु शिवाको निधन भएपछि नेकपा एमालेले उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्राचार गरेको थियो । एमालेको पत्राचारपछि आयोगले उनलाई सांसद निर्वाचित गरेको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।
संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।