मकवानपुर । मकवानपुरको भीमफेदीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाकाे मृत्यु भएको छ भने २ जना घाइने भएका छन् । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक र मोटरसाइकल ठाेक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव ५० मिटर तल राप्ती खोलामा झरेको थियो । दुर्घटनामा ट्रकका दुई जना घाइते भएको जनाइएको छ।
घाईते हुनेहरुमा ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिकाका ३२ वर्षीय मधु विष्ट र ट्रकधनी भीमफेदी-२ बस्ने २८ वर्षीय सुरेश घलान रहेका छन् । विष्टलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ भने घलानको उपचार हेटौंडा स्थित चुरेहील अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवजानपुरले जनाएको छ । मृतक खड्काकाे शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।