मकवानपुर । बागमती नगरपालिका सर्लाहीको शनिबारबाट सूरू पाँचौ राजहर्षि जनक कप फुटबल प्रतियोगिता–२०७७ मा हेटौंडाको पिप्ले युवा क्लबले विजयी सुरुवात गरेको छ । लामो समयपछि हेटौंडा–५ को पिप्ले युवा क्बलले राष्ट्रियस्तरको प्रतियोगितामा फर्किए हाे । जीतसँगै पिप्ले सेमिफाइनलमा प्रवेश गरेको छ
प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रागिरी नगरपालिका काठमाडौंलाई २–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । बागमती नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा पिप्लेलाई जिताउन दुवै गोल दीपेश आलेले गरे । उनले खेलको २५ र ३० औं मिनेटमा गोल गरेका थिए । दीपेशले पहिलो गोल डिबक्सबाट प्रहार गरेको बलमा भएको थियो । दोस्रो गोल अमिर श्रेष्ठ डिबक्स भित्र उपलब्ध गराइदिएको सुन्दर पासको दीपेशले सदुपयोग गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
विदेशी र नेपालका चर्चित खेलाडीको समिश्रण रहेको पिप्ले टोली उपाधि जित्ने गरी प्रतियोगितामा सहभागी भएको प्रशिक्षक सुविन घिमिरेले बताए । स्थानीय केही खेलाडीलाई समेत प्रतियोगितामा पिप्लेले सहभागी गराएको छ । घिमिरेले खेलाडीको मेहेनतका कारण जीत सम्भव भएको बताए ।

पिप्ले क्लबलभ आगामी खेल चैत २७ गते खेल्नेछ । चैत्र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कञ्चनजंघा एफसी सिलगुढी, बागमती युवा क्लब सर्लाही, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन, सेन्ट्रल कलेज बीएफसी चितवन, एपीएफ क्लब, नवजनजागृति युवा क्लब सिमरा, सुदुरपश्चिम ११ र बागमती नगरपालिका सर्लाहीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकले नगदसहित ट्रफी प्राप्त गर्नेछ ।