मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर बागमती युवा क्लब सर्लाही हराउँदै फाइनल प्रवेश गरेकाे छ ।
शनिबार भएको दाेस्राे सेमिफाइनलमा टाइबेकर मार्फत थ्रीस्टार बागमती सर्लाहीलाई ५–३ गाेल अन्तरले जीत निकाल्दै फाइनल प्रवेश गरेको हाे । थ्रीस्टार र बागमती क्लब बीच भएकाे सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टाेलीबाट कुनै गाेल हुन नसके पछी खेल टाइबेकरमा धकेलिएकाे थियाे । टाइबेकरमा बागमतीका विजय घलानले प्रहार गरेकाे बल पाेलबारमा ठाेकिएर फर्किएकाे थियाे ।
उपाधिका लागि चैत २३ गते थ्रीस्टार क्लव ललितपुरले र अफ्रिकन रुट्का क्यामरूनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टार क्लबका डिफेन्डर जर्सि नं. १९ का जीवन गुरूङ म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।

प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन् ।