मकवानपुर । बकैया गाँउपालिकामा जारी तेस्रो बकैया कप फुटबल प्रतियोगिताको फाईनल खेल आज विहीबार हुने भएकाे छ ।
गाउँपालिकाको वडा नंबर ४ को जुरेली खेल मैदानमा हुने बकैया कप प्रतियोगिताको फाईनल खेलमा आज उपाधीका लागि बकैया ३ र ५ वडा भिड्ने भएका छन् । फाइनल खेल दिउँसाे १ बजेबाट सुरु हुने आयोजक बकैया गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ ।
बुधबार भएको पहिलो सेमिफाईनल खेलमा बकैया ६ हराउँदै बकैया ५ फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो खेलमा बकैया ४ लाई हराउँदै बकैया ३ फाईनलमा प्रवेश गरेको थियो । चैत १३ गते देखि सुरु भएको प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको १/१ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद ५० हजार सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ । यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्ने बताईएको छ ।
पहिलो बकैया कप बकैया ४ र दोस्रो बकैया कपको उपाधी बकैया ५ ले हात पारेको थियो ।