मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत बुधबार भएको खेलमा जावलाखेल युवा क्लब नवजागृती युबा क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार १८ गते भएको खेलमा जावलाखेलले ४-१ गाेल अन्तरले नव जनजागृति युवा क्लब सिमरालाई पराजित गरेको गरेको हो । फापरवारी स्थित जनता माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा जावलाखेलका जर्सी नम्बर ७ का फेडे फफनाले ७,३७ र ४५ औं मिनेटमा ३ गोल गरेका थिए ।
खेलको पहिलो हाफको इन्जुरी समय सदुपयोग गर्दै नव जनजागृती युवा क्लबका जर्सी ७ का सौरभ तामाङले १ औं गोल फर्काएका थिए । सो गोल नै अन्तिम गोल हुन पुग्यो । दोस्रो हाफको ७५ औं मिनेटमा पुन : जर्सी नम्बर ७ का फेडे फफनाले चौथो गोल गर्दै टिमलाई सानदार जित निकाले ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका फेडे फफनाले म्यान अफ दी म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तरगत चैत १९ विहीवार थ्री स्टार क्लब ललितपुर र एपीएफ क्लब काठमाडौ बीच हुने आयोजकले जनाएको छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।