मकवानपुर । मकवानपुरमा थप १ जनामा काेराेना भाइरस संक्रमण पुष्टी भएकाे छ । हेटौंडामा चैत १६ गते १० जनाको स्वाब परीक्षण गरेकाेमा हेटाैडाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
काराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ५३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।मकवानपुरमा हालसम्म ३ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।
थप १ जना सहित हेटौंडा उपमहानगरपालिकामा ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।मकवानपुरमा कोरोना संकमणको कारण हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।