मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले हिमालयन शेर्पा क्लब काठमाडाैंलाई ३–२ गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको हो ।
जनता माबिको खेल मैदानमा भएको खेलको २७ औं मिनेटमा सर्लाहीका तर्फबाट जर्सी नम्बर १२ का म्याक्सकोलले गोल गर्दै सर्लाहीलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि जर्सी नम्बर १३ का बिमल घिसिङले धेरै पटक गोल गर्ने प्रयास गर्दा समेत घिसिङले गरेको प्रहार गोलरक्षकले बचाएका थिए। पुन खेलको ३२औं मिनेटमा घिसिङले १ गोल गर्दै टिमलाई अगाडि बढाएका थिए ।।
खेलको दोस्रो हाफको पहिलो गोल हिमालयन शेर्पाका जर्सी नम्बर १७ का रबि रानाले एक गोल गरेका थिए । त्यस लगतै सर्लाहीका तर्फबाट ११ औं मिनेटमा जर्सी नम्बर २३ का मास कोइलले थप एक गोल गर्दै ३:१ गोलले अगाडि बढाएका थिए । पुनः जर्सी नम्बर ११ का बन्तमान राईले १५ औं मिनेटमा गरेको थप १ गोल नै हिमालयनको लागि अन्तिम गोल रह्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सर्लाहीका बिमल घिसिङ म्यान अफ दी म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। अब सर्लाहीले एपीएफ र थ्रीस्टारको बिजेता सङ्ग सेमिफाइनलमा सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत १८ गते बुधबार जाबलाखेल युथ क्लब, ललितपुर र नव जनजागृति युवा क्लब सिमरा बारा बीच खेल हुने आयोजकले जनाएको छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।