मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको संसदीय दलकाे नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । केन्द्रकाे संसदीय दलकाे बैठकले दलको नेतामा जम्मकट्टेललाई चयन गरेको हाे ।
काठमाडौंमा बसेको दलको बैठकले संसदीय दलको नेतामा पूर्व मन्त्री समेत रहेका प्रदेश सांसद शालिकराम जम्मकट्टेललाई चयन गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलालले जानकारी दिए । यसै गरी उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको सांसद दुलालले बताए ।
संसदीय दलको बैठकले प्रदेशको मुख्यमन्त्री विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । अब नेकपा माओवादी प्रमुख विपक्षीको भूमिकामा रहने सांसद दुलालले जानकारी दिए ।