मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराउँदै विजयी भएको छ
पहिलाे हाफकाे शुरुवाती समय देखिनै झापालाइ दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी बेस्सेकले खेलको १९ औं र ३३ औं मिनेटमा दुई गोल गर्दै टिमलाई अगाडि बढाएका थिए ।
पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा जर्सी नम्बर ७ का एल्जिमीले खेलको ५३ औं मिनेटमा र जर्सी नम्बर १५ का म्बाकोपीले ६५ औं मिनेटमा थप २ गोल गर्दै सानदार जीत दिलाए थिए । खेलको दोस्रो हाफको अन्तिम ८६ औं मिनेटमा झापाको तर्फबाट जर्सी नम्बर १ का सुनिल गुरुङले १ गोल गरेका थिए । सो गोल नै झापाको लागि अन्तिम गोल रह्यो ।
खेलको म्यान अफ दि म्याच क्यामरुनका जर्सी नम्बर १३ का बेस्सेक घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत भाेली १७ गते मंगलबार हिमालयन शेर्पा क्लब काठमाडौ र बागमती युवा क्लब सर्लाही बीच खेल हुने आयोजकले जनाएको छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।