
रङ्गको पर्व होलि आयो रङ्ग छरेर आयो
हर्ष उल्लासका साथ उमङ्ग भरेर आयो
आउ साथी रमाउँ आपसमा वैरभाव त्यागेर
हाम्रो मित्रभावमा फेरि दङ्ग परेर आयो ।
काठमाडाैं

लौ आयो साथि रङ हरु को पर्ब होली
खेलौ रमाउ मिलेर खाइ भाङको गोली
रिस राग सब छाडि सदभाब बढाउ
न दुखाउ मन कसैको बोलेर तितो बोली।
काठमाडौ

रिस द्वेष छोडी मिठो बोलेर होलि मनाऔ
उमंग साथ हृदय खाेलेर हाेलि मनाऔं
हातमाथि हात राखेर रङ मिसाए जस्तै
मनमा प्रेम सद्भाव घाेलेर हाेलि मनाऔं।
काठमडाैं

मनको ढोका खोली खेल्ने मन छ
माया नै माया घोली खेल्ने मन छ
रङ्गहरूको चाड यो फागु पूर्णिमामा
प्रिय मान्छेसँग होली खेल्ने मन छ ।
काभ्रेपलाञ्चाेक, पाँचखाल

अचेल साथीसंगी भेला भै खेल्न मिल्दैन रङ्गको होली
दिन दशाले घुमाएर सवै जनाको बिग्रेको छ बोली
शत्रुताको भाव त्याग्ने सुनौलो अबसर फागुपुर्णिामा रे
तर निस्कनै मिल्दैन कोरोनाको बिग्बिगि छ आजभोली ।
काठमाडाै

बर्सोस अनगिनत खुशी सबैको झोलीमा
बितोस जीवन सबैको हाॅसो र ठिठोलिमा
लगाउॅ रंग मद-मस्त भई होलिको खुशीमा,
नछुटोस यो प्रेम रंग रहोस अर्को होलीमा।
आसाम भारत

रङ्गको पर्वले निम्तो गरेछ ,राम्रो नै भयो
माया प्रेम सदभाव छरेछ , राम्रो नै भयो
समाजमा रहेको रिषराग द्वेश बैमश्यता
होलिकै कारण केही टरेछ राम्रो नै भयो ।
ललितपुर

१.
सातौं रङ्गको पर्वमा शुभकामना
हेर्दै दङ्गको पर्वमा शुभकामना
असत्य माथि सत्यको विजय हुँदा
मान्दै उमङ्गको पर्वमा शुभकामना ।’
२.
मनको कालो हटाएर रङ्ग घोली खेलौं सबै
एक आपसमा रमाएर मिठो बोली खेलौं सबै
सद्भाव र संस्कृति लाई मनमा सजाएर,
समानताको माला गाँस्दै होली खेलौं सबै ।
काठमाडाैं

आज भन्दा भोली राम्रो
रंग खेल्नलाई होली राम्रो
आनीबानी गुणकारी होस
सभ्य सिष्ट बोली राम्रो ।
धरान

आजै हो जिन्दगी थाहै छैन भोलिको
चित्त शुद्ध राखौं त्यो सङ्लो खोलीको
सव्य, भव्य र सुरक्षित भएर खेलौं,
सबै नेपालीमा शुभकामना छ होलीको ।
माेरङ

रम्नु रमाउन पर्छ भनी आपसमा पर्व बनेर आउँदामा
मिली खेल्ने रङको पर्वमा न मन रमायो यो छाउँदामा
राम्रोको कामना गरौ दुख हट्छ र खेलौला सबैमा भन्दै
खुशी छ होली हो भन्दै शुभकनमना जनाउन पाउँदामा।
रूपन्देही

१.
रङ्गीन बनोस् जिन्दगी, खुसीमा मुस्कान भर्दै ओठहरू
टेकेर नलत्यियोस् , मायाले सजिएका रङ्गीन डोबहरु
रङ्गहरू जीवनका खुसी हुन्, पर्यायहुन् उमङ्गका
दुःखका आँसु झार्न नपरोस् पुरा हुन् मनका अठोटहरू।
२.
मानवीय हार्दिकताको स्नेही रङ्ग मिसाएर
दिनचर्याका गरुङ्गो भारी कहिँ अन्तै बिसाएर
बचाऔं संस्कृति, भित्र्याउनु हुन्न कुनै विकृति
सकेसम्म रङ्गमा उमङ्ग भरौं कसैसँग नरिसाएर।
बिराटनगर

रंङ्गहरुको पर्व यो हो है रमाइलो होली
रङ्गाउनु छ मन पनि , हैन केवल चोली
सबैमा हार्दिक शुभकामना, तर यो बर्ष
भिडभाड नगरी मनाउनुस दिल खोली।
तनहुँ

पानीझैँ सलल बगेर यताउति जान पाए
सबैका दु:ख फ्याँक्नलै कतै लान पाए
कति सुन्दर हुन्थ्यो मानव जीवन र सृष्टि
खुसीका रङ्ग धस्न र मिठा फल खान पाए !
काठमाडाैं पुरानो बानेश्वर

जीवन सधैँ रङ्गीन बनाई बाँच्न सक्नु पर्छ
दुख पिडा सबै हटाई हाँस्न सक्नु पर्छ
सकारात्मक सोच्ने गरौं खुशी आफैँ मिल्छ
नकारात्मक दाग सबै माँस्न सक्नु पर्छ ।
पाल्पा

प्रशासन भन्दैछ, हाेली नखेल्नु, काेराेना सर्न सक्छ
भाङ खानेहरु भन्ने गर्छन् हेराैन कस्ले के नै गर्न सक्छ
हुईकिदा बिना हेल्मेट, चार सवारी एउटै बाईकमा,
बाँचिहाले जिन्दगी, दाँत दुईचार अवस्य झर्न सक्छ।
दमक, झापा

ईन्द्रेणीको सातौं रंगको एकता उपहार तिमीलाई
भ्रष्टाचार निवारण उपायको उपचार तिमीलाई
सम्पूर्णका आशीर्वाद,शुभेच्छाले प्रगति पथ लम्कनु
बुद्ध हितोपदेश सदोगुणका उपकार तिमीलाई।
ललितपुर, हाल अमेरिका
हामीले हाेली विशेष मुक्तक सम्वन्धित स्रष्टाहरूकाे फेसबुक मार्फत साभार गरेका हाैं ।