- श्रीबहादुर केसी शैलुङ्गे
१. शहरकाे अर्थ
शहरकाे मध्य भाग
जहाँ गुज्रिएको छ
त्याे मलिन अनुहार
हृदय कम्पित भए झै
पाेल्छ अाँखा,
जब देख्छु म कतै
राेगी नगर बधुहरु
शरीर बेच्न अातुर छन्
दिन प्रतिदीन थकित श्रमिक
काम नपाएर भाैतारी रहेका छन्
शहरकाे हर गल्लिहरुमा
कठिन छ शहर हुनुकाे अर्थ
अाफ्नै भाग्य नबुझी
अरुकाे भाग्यमा दाेष दिने दाेवाटेहरु
पुरानाे पुस्तक जस्तै
यस्तै छ यहाँ जीवनकाे सुन्दरमय बाटाे
देखाउन असमर्थ धुले सडक
यात्रुकाे प्रतिक्षामा
पालाे कुरिरहेका थाेत्रा बस र टेम्पाे
कस्ले बुझ्छ र शहर हुनुकाे अर्थ
खै कस्ताे शहर ???
खै कस्ले बुझ्ने ?
फुटपाथमा वसेकाे जुत्ता
मर्मत गर्ने सृजनशील मानिसकाे
ब्यथा, भाेककाे अाफ्नै कथा
बिर्सिएर बाध्य छ गुजारा चलाउन
धेरै रहस्यमय र कठिन पाे रहेछ
शहरकाे शब्दार्थ, पहिल्याउन ।।
२. रंगिन गुलाब
एकाविहानै टिपेर
शिताम्य फूल
याे प्राचीन सभ्यतामय देश
पुर्खाहरुकाे धराेहर
कला संस्कृती परम्परामा
कैद वनाएर
सजिएछ, नतमस्तक भएर
उभियकाे छ
सगरमाथाकाे सर्वाेच्चता
शिर उच्च वनाइ
मुटु जडित रंगिन गुलाव!
याे शहरकाे मूल गेटमा
चेतनाकाे घण्टा वजाएर
अास्थालाइ थाती राखि
भावनामा सजित रानीपाेखरी
कल्पना र विचाराधीन लुम्बिनी
भूगाेल भित्र सभ्यताको अाड्मा
हृदयकाे कुनेटाेमा
सजाएर खालि पानाहरु
वसन्तकाे पहारिलाे घाम झै
म लेखिरहेछु यउटा सत्य
उर्वर भूमि,
धर्तीमा पाइला चाली
तिम्राे गर्भ माथी!!
दाेलखा हाल चागुनारायण न. पा २ भक्तपुर