मकवानपुर । प्रेस संगठन नेपाल मकवानपुरले अग्रज तथा क्रियाशील पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ ।
मकवानपुरमा लामो समयदेखि पत्रकारितामा गर्दै आएका पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज शर्मा सहित, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठ लाइ सम्मान गरिएकाे हाे । त्यसैगरी कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की,मोहन साँगामी, लोकनाथ पाण्डे,आरसी रिजाललाई अग्रज पत्रकारको सम्मानबाट सम्मानित गरेको छ ।

त्यसैगरी प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदानगर्दै रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गरेको छ । कार्यक्रममा क्रियाशिल युवा पत्रकारको रुपमा गणेश दर्पण अधिकारी, शिव चौलागाई,सरला अधिकारी, शुभलक्ष्मी विकलाई सम्मान गरेको छ। क्रियाशिल युवा पत्रकारबाट पुरस्कृत सबैलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ।
प्रेस संगठन जिल्ला अध्यक्ष अञ्जली थापाको सभाध्यक्षता तथा विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यतामा भएको सम्मान तथा पुरस्कार कार्यक्रम भएकाे हाे । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी,ओम बहादुर ग्लान, माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रीन शहिद परिवार सदस्य मान कुमारी पाख्रीन नारायणी यातायात कम्पनीका प्रवन्धक सरोज खनालकाे उपस्थिति रहेकाे थियाे ।

त्यस्तै पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाई, बागमती प्रदेश महासंघ सल्लाहकार गिरिजा अधिकारी प्रेस चौतारीका प्रदेश सहसंयोजक प्रकाश दाहाल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन जिल्ला उपाध्यक्ष मणिराज गौतम, प्रेस मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष मनोज ढोडारी, संगठनका सल्लाहकार ध्रुव अधिकारी,अकोराब प्रदेश उपाध्यक्ष सपना कंडेल, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।