- पारस भट्ट प्यासी
१.
हे भगवान कत्ती दु:ख दिन्छौ
भैसके जवान कत्ती दु:ख दिन्छौ
यसरी आँसु दिनु भन्दा सेल पुरि
देउन पकवान कत्ती दु:ख दिन्छौ ।
२.
तिमी पर्खी बस्नु मेरि बनाउछु नानू म ठूलो भएपछी
तिम्रो हात माग्न पक्कै आउछु सानू म ठूलो भएपछी
तिम्रो आखामा आँसु कहिलै खस्न दिने छैन कस्सम
दु:ख पीडा जे सहेरनी कमाउछु गानु म ठुलो भएपछी।
३.
घरी घरि याद आउदा खेरी नरुनु है तिमी
आमाकै तस्बिर हेरि हेरी नरुनु है तिमी
आमाको माया सासू आमा बाट दिलाउने छु
कस्सम छिट्टैनै हुनेछौ मेरी नरुनु है तिमी।
४.
कत्ती राम्रो मान्थे म तिमी मुस्कुराएपछी
हास्दै हास्दै मेरो नजिक आएपछी
मेरा आमा बा पनि कत्ति खुसी हुन्थे होला
छिट्टैनै तिम्रो र मेरो लगन जुराएपछी।
५.
कत्ती नगरेर गनगन बिताउने भए
आउ मसङ्ग जीवन बिताउने भए
दु:ख सुख तितो मीठो जे खाएरनी
रम्दै रमाउदै फन फन बिताउने भए ।
६.
जाली फटा गुन्डा ठग चोर छैन मँ
किन बुज्दिनौँ तिमी फोहोर छैन मँ
तिमी जत्तित मँ जे सो भएपनी हेर
कपटी मन्को पापी कठोर छैन मँ ।
७.
मैले लगाएको हुँ मन यस्तै सोचेर
धेरै कमाउँनलाइ धन यस्तै सोचेर
हो म पक्कै यसरी प्रदेसिएको प्रिया
उतै काट्न जीवन यस्तै सोचेर ।
मेलौली– २ सुन्दर भुमी सेली, बैतडी