मकवानपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र नीति विपरीत खेल खेल्ने खेलाडीहरूलाई मैदानमा प्रवेश निषेध गर्नुपर्ने बताएका छन् ।
मकवानपुरकाे बागमति गाउँपालिकामा चाैथाे बागमती गाेल्डकप राष्ट्रिय प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । राजनीतिक खेलाडिहरूले देशकाे अवस्था नाजुक बनाएकाे भन्दै उनले नेताहरूले खेलाडिबाट अनुशासन सिक्नु पर्ने बताए । बागमती गाउँपालिकामा स्थानीय खेलाडिहरूकाे क्षमता उच्च भएकाे भन्दै नेता प्रभाकरले याे क्षेत्र भविष्यमा फुटबलको हब हुने बताए ।

‘खेलले प्रतिस्पर्धासँगै अनुशासन प्रतिबन्धित गर्छ, खेल हेरेर प्रतिस्पर्धा र सहकार्य गर्न राजनीतिक खेलाडीले सिकुन, विधि नीति भन्दा बाहिर गरे खेल्दा राजनिती बिग्रियो’ उनले भने ‘राजनीतिको एम्पाएर जनता हुन, गोल भनेको संबिधान हो,ठिक गोल गरेर कार्यन्वयन गरौ, गोल भिरमा हानेर राष्ट्रिय संकट निर्माण गर्नेलाइ मैदानमा प्रवेश किन दिने ?’

पार्टी एकतालाइ अदालतले भङ्ग गरेकाेले जनताको हक हनन गरेको उनले बताए । ‘नेपाली जनताको स्वाधीन र बलिदानमाथी धावा बोल्न पाईन्न’ भने ‘केही नेताहरुले भिरको बाटो रोज्छन भने नेपाली जनताको लागि स्वीकार छैन’ खेलबाट विधि पद्धति र सहकार्यम लाग्न सिकोस, जनता बिद्रोहमा जान बाध्य नबनाईयोस् । प्रतियाेगित चैत २३ गतेसम्म चल्ने छ ।