मकवानपुर । कवियत्री एवम् गीतकार राखी गौचनको शब्द रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मार्मिक तथा हृदयस्पर्शी शब्द रहेकाे यस गीत रेकर्ड भइ सार्वजनिक भएकाे करिव ११ महिना पछी गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे ।
गितमा गायक शंकर थापा स्माइल काे स्वर रहेकाे छ भने गायक थापाले नै संगीतवद्द गरेकाे गीतमा विश्व अधिकारीले संगीत संयाेजन गरेका छन् । पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्।
भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। डश म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।