मकवानपुर । शुक्रबार हेटाैडा उपमहानगर क्षेत्र सहित मकवानपुरकाे आकाश एक्कासी तुवाँलाले ढोकेको छ । घाम समेत राम्ररी नलागेकाे तथा हावा समेत नचलेको कारणा तुवाँलो लागेजस्तो देखिने मौसमले गर्दा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
केही समय अघिदेखि हेटाैडा आसपासका सामुदायिक वन तथा मकवानपुर जिल्लाका अधिकांश क्षेत्रका वन जंगलमा डढेलाे लागेकाे कारण बायुमण्डलमा धुँवाकाे मात्र बढ्रन गइ वातावरणा धुमिल बनेकाे थियाे । हेटाैडा वरपर डढेलाे लाग्दा वातावरण केही प्रदुसित भएकाे देखिएकाेमा अहिले डढेलाे प्राय निभिसकेकाे भएता पनि शुक्रबार एक्कासी वायुमण्डल तुवाँलाेले ढाकेकाेले तामक्रम समेत बढेकाे अनुभव भएकाे तथा आँखा पाेल्ने टाउकाे दुख्ने गरेकाे हेटाैडा २ उद्धव हुमागाइले बताए ।
हेटाैडा कै एक सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले समेत मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । आज आँखा पाेल्ने तथा टाउकाे दुख्नाले कम्प्युटरमा काम गर्न समस्या भएकाे हिजाे अस्तीकाे जंगलमा लागेकाे डढेलाेकाे कारण भएकाे हाेला भन्ने लागेकाे थियाे पछी त वायुमण्डल पुरै धुमिल भएकाे देखिएकाेले वायु प्रदुशषाकाे कारण नै भएकाे लागेकाे बताए ।

खास गरी गर्मी माैसममा वन जंगलमा डढेलाे लाग्ने गर्दा वातावरणमा धुमिलता देखिने गरेकाे छ । अहिले देशै भरी डढेलाेका कारण वायु प्रदुषणाकाे मात्रा बढेकाे छ । शुक्रबार एक्कासी आकासमा देखिएकाे तुवाँलाेकाे कारण लामाे समय सम्म पानी नपर्दा परेकाे खडेरीले हावामा आद्रताकाे मात्र घट्न गइ सुख्खा भएकाे वायुले धुँवा धुलाे ल्याएकाे कारण वातावरणा प्रदुषण भएकाे माैसमविद बताउँछन् ।
पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनु पर्नेमा वायुले धुलो र धुवाँ लिएर आएकोले वायु प्रदुषण भइ आकास धुमिल देखिएकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । खास गरी अहिले पश्चिम नेपाल देखिकाे हावाले वायु प्रदुषण गराइरहेकाे र अन्य क्षेत्रमा फैलिरहेकाे तथा भारतका नेपालसँग सिमाना जाेडिएकाे अधिकांश प्रदेश र स्थानमा समेत वायुमणडल धुँवाले ढाकेकाे जल तथा माैसमविदहरू बताँउछन् ।
नेपालमा हालसम्म करिव ५०० वन डढेलोको घटना भएको त्यहाँबाट निस्किएकाे धुवाँले वायु प्रदुषणलाइ बढाएकाे बताउँछन माैसमविद् । डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको अहिलेकाे अवस्थाकाे माैसम देखिएकाे हाे । राजधानी काठमाडाै शहरमा समेत वायु प्रदुषणकाे कारण अाकाश धुमिल देखिएकाे छ । यस्तो माैसमबाट हुने असरबाट बच्न घर बाहिर ननिस्कनु नै उपयुक्त विकल्प रहेकाे चिकित्सकहरू बताउँछन् ।