मकवानपुर । छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविका शिक्षक किरण पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भानु माविका ३ जना छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि बुधबार शिक्षक पाण्डेलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शिक्षक पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता रिमालको जानकारी दिए ।