मकवानपुर । लोक सेवा आयोगका अध्यक्ष सहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ। पदावधि सकिए संगै आयोग पदाधिकारी बिहिन भएको छ ।
अध्यक्ष उमेश प्रसाद मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएका थिए। दुई जना सदस्यको यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् । बाँकी रहेका सबै पदाधिकारी एकै दिन मंगलबार आयोगबाट बिदा भएका हुन् । अध्यक्ष मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो।
आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिने भएका छन् । कानुनतः आयोगका अध्यक्षले अधिकार प्रत्यायोजन गर्ने व्यवस्था छैन । त्यसका लागि पदाधिकारी नै नियुक्त हुनुपर्ने हुन्छ ।