- सञ्जना शर्मा
१.
मेरो मनमा तिमीनै छौ किन सोच्दैनौ भन
आफ्नाे हक र अधिकार किन खोज्दैनौ भन
सोचेको कुरा सबै काहाँ पूरा हुन्छ र यहाँ
एउटा बाटो बन्ध हुदा अर्को रोज्दैनौ भन ।
२.
मैले तिम्रो गल्ती सच्याएको दिन
तिमीले चोखो मायाँ लत्याएको दिन
मनकाे क्यालेन्डरमा शेफ भएछ हेर
बनाबटि कुराहरु मैले पत्याएको दिन।
३.
हर खुसीमाँ दाउ लगाएर गयौ
चोखो मायामा भाउ लगाएर गयौ
तिमी बिनाँ बाँच्नै नसक्ने सोचेर
माँसुं दिलमा घाउ लगाएर गयौ।
४.
अाँखै अाँखाले बोल्न सिकायौ
तिम्रै यादमा पोल्न सिकायौ
दुनियाँ सँग दाँजेर किन
सबै यथार्थ खोल्न सिकायौ।
५.
चिसो बतासले सुस्तरी छोएर गयो
नजर नमिलाउदै परेली धोएर गयो
सिसा सरी खसेर फुटेका रहरहरु
चसक्क मनको कुनाँमा रोएर गयो।
६.
मनमा सुटुक डेरा गरेर
पर्ख भन्यौ अाँसु झारेर
बिचमा अहिले छोयौ किन
टाढा गयौं एक्लै पारेर।
७.
पहिले भने बाचा गरेर हात समायौ
अहिले फेरि अन्तै गई डेरा जमायौ
ठेस पुर्याएर स्वाभिमानमा मेरो
धन दौलत कमायौ नाम गुमायौ।
८.
भिजेका ती नयन र टुक्रिएका सपना बोकी
हिडीरहेका थियौ परेलिमा अाँसु छोपी
जब तिमीलाइ देख्छु यस्तो अबस्थामा
मैले सोचि रहे यहीँ उसको भाग्य हो कि।
लमही, दाङ