मकवानपुर/ मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
२०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी विज्ञप्तिको परिपालना गर्नु जिम्मेवार संस्थाको कर्तव्य हुनेहुँदा सो सम्बन्धमा २०७७ चैत्र १० गते बसेको संघको कार्यसमिति बैठकको निर्णयानुसार वार्षिक सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । संघले परिस्थिति अनुकुल भएपश्चात उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।
कोभिडको नयाँ संक्रमण थप प्रभावशिल र जोखिमपूर्ण हुने समाचार आइरहदा संघले उद्योगी/व्यवसायी तथा आम सर्वसाधारण सचेत हुन र सुरक्षा सावधानीको सम्पूर्ण मापदण्डहरु परिपालना गर्न पनि अनुरोध गरेको छ ।
यसै बिच संघकाे अध्यक्ष पदका उम्मेदवार राजकुमार न्याैपानेले निर्वाचनकाे अन्तिम अवस्था कार्यक्रम स्थागित गरेकाे प्रति विराेध जनाएका छन् । हारकाे मानिसकताले निर्वाचन कार्यक्रम स्थागन गरिएकाे उनकाे दाबि छ ।