मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा थप १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।
पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोनाबाट मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १९ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।