मकवानपुर । बागमती प्ररदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आफन्तको कारण नै मानव बेचबिखन बढेको बताएका छन् । खुल्ला सिमाना भएको कारण बेचविखनको समस्या बढी चुनौती भएको उनलेे बताएका हुन् । तर सिमाना खुल्ला हुदैमा बढेको समस्या सम्बोधन गर्न सरकारले उचित नीति बनाउनु पर्ने उनले बताए ।
मकवानपुरको हेटौंडामा मंगलबार आयोजित वैदेशिक रोजगारको चुनौती र सरोकारवाला पक्षको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् । स्वयम् व्यक्ति आफैं चलाख नभएसम्म यो चुनौती सरकारको एकल प्रयासले मात्रै समाधान गर्न नसक्ने मन्त्री ढुङेलले बताए । आफूसँग भएको सिपको प्रयोग नगरेर वैदेशिक रोजगारमा आकर्षण हुने ट्रेन घटाउन सकेमा बिस्तारै वैदेशिक रोजाईको समस्यामा कमि ल्याउनु पर्ने ढुङ्गेलले बताए । वैदेशिक रोजगारबाट सीप सिकेर आएकालाई स्वदेशमा बस्नको लागि आयमुलक योजनामा प्रदेश सरकारले काम गरेको मन्त्री ढुङ्गेलले बताए । वैदेशिक रोजगारको समस्या सम्बोधन गर्न आमनागरिकलाई चनाखो बनाउनको लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सेन्टर फर माईग्रेशन एण्ड इण्टरनेशनल रिलेशन्सको प्रतिनिधि बिभुती किरण घिमिरेले विकेन्द्रीकरण शासन व्यवहारमा नदेखिएको बताइन् । कोभिडको कारण समस्या परेर फर्केकाहरुलाई सम्बोधन गर्ने योजना नभएकोले समस्या भएको उनले बताइन् । अनुसन्धानको क्रममा भेटिएका सहभागीले सरकारद्वारा वैदेशिक रोजगार भन्दा स्वदेशी रोजगारलाई प्राथमिकता दिनुपर्ने माग गरेको उनले बताइन् । “स्थानीय सरकारले सरोकारवाला र नीति नियम तहमा समेत सहकार्य गरोस् भन्ने राय आएको छ” घिमिरेले भनिन् । स्थानीय तहको सरकारलाई सशक्त बनाउनु पर्ने माग स्थानीयहरुले गरेको उनले बताइन् ।
कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख माया लामाले पासपोर्ट बनाउन आएका महिला पुरुषलाई परामर्श दिने क्रममा धेरै चुनौती रहेको बताइन् । सामाजिक सन्जालबाट भेटिने व्यक्तिको भरमा परेर वैदेशिक रोजगारमा जाँदा समस्या बढी भएको लामाले बताइन् । मानव तस्करीमा आफैं पनि जोखिम मोल्न तयार हुने गरेको पीडादायी घटना रहेको लामाले बताइन् ।
समता फाउन्डेसनको आयोजना र मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र हेटौंडाको संयोजकमा कार्यक्रम भएको थियो ।