- लीना बानियाँ
छोटै सहि जिन्दगीको दिन त त्यो पो थियो ।
अमुल्य त्यो रत्न सरी छिन त त्यो पो थियो ।
बिना शब्द बोल्थे आखाँ, लय बिना खुल्थ्यो भाका
तार बिना संगीतको तरंग त्यो पो थियो ।
फुलै बिना प्रकृतिको रंग त्यो पो थियो ।
नसकिने बातहरु,जन्मौका थिए साथहरु
नभेटिने गन्तब्यमा रफ्तार त्यो पो थियो ।
नखोजिने बिश्राममा सवार त्यो पो थियो ।
लहराएका माया भरी सपनाहरुको उछल्कुद
ब्रमाण्डकै उडान भर्ने साथ् त्यो पो थियो ।
हत्केलामा तारा भर्ने बात त्यो पो थियो ।
छोटै सही जिन्दगीको दिन त त्यो पो थियो।
हेटाैडा १८ हर्नामाडी हाल काठमाडाै