मकवानपुर । मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा ५० जना स्वास्थ्यकर्मी लाई हेटौँडामा भएको कार्यक्रमबिच मुख्यमन्त्री पौडेलले स्वागत गर्दै सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउँदै गरेकाेले स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आउने बताएका छन् ।
पाैडेलले अब मकवानपुरको स्वास्थ्यकर्मीहरु पनि नेकपा एमालेको आस्थासँग जोडिएको भन्दै एमालेनै देशको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा मकवनापुरका ५० जना स्वास्थ्यकर्मी प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामा सहित उक्त संगठनका अधिकांश प्रतिनिधि, विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु आजको कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा मधु अर्याल, मिथलेश ठाकुर, पुष्पा रिजाल, नितुकुमारी बल, श्रीसा ढकाल, विमला ढुंगना, युनिश पन्त, प्रशान्त झा लगाएत नेकपा एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौँलागाईले नेकपा एमालेको नेतृत्वमा समग्र स्वास्थ्य क्षेत्रको हित हुने देखेर आफु नेकपा एमाले प्रवेश गरेको बताए । अब आफु नेकपा एमालेको सिपाई भएर काम गर्ने भन्दै मकवानपुर तथा बागमती प्रदेशको विकासको लागि प्रदेश सरकारले निकै मेहनत गरिरहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, वागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल,नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।