मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाजमर्दो राजनीतिमा लागेको बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका र केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ।
अध्यक्ष दाहालले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली माथि उक्त अाराेप लगाएका थिए । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने ! लाजमर्दो राजनीति ‘ थापाले ट्वीटमा उल्लेख गरेका छन्।
